७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

गोरुसिङ्गे जङ्गलमा बस दुर्घटना हुँदा १० जना घाइते, ३ को अवस्था गम्भिर



अविनाश बेल्वासे, कपिलवस्तु, २८ कार्तिक ।
कपिलबस्तुमा मङ्गलबार दिउँसो सवारी बस दुर्घटना हुँदा १० जना घाईते भएका छन । पूर्व पश्चिम राजमार्ग अन्तरगत बुद्धभुमि नगरपालिकाको गोरुसिङ्गे–बनगाई जङ्गलमा बस अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा ३ जना गम्भिर घाइते भएका छन । गम्भिर घाइते ३ जनालाई जीतपुर चारनम्बरमा सामान्य उपचार पछि बुटलव रिफर गरिएको छ भने अन्य ७ जनाको स्थानीय कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।

कृष्णनगरबाट बिहान ११ बजे बुटबलका लागि छुटेको लु १ ख ६१३३ नं. को बस गोरुसिङ्गे बनगाई बिचको जङ्गलमा दिउसो १२ बजे तिर दुर्घटनामा परेको थियो । तीव्र गतिको कारण बस दुर्घटनामा परेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । दुर्घटनामा घाइते भएकाहरुको अझै पहिचान भैनसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७४ मंगलबार ००:००  ९ : ५१ बजे