८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

स्वर्गिय भगवानदास गुप्तको २० औं पुण्यतिथि तौलिहवामा



कपिलवस्तु, २९ कार्तिक ।
कपिलबस्तुका पूर्वसांसद स्वर्गिय भगवानदास गुप्तको २० औं पुण्यतिथि आज मनाइएको छ । जिल्ला सदरमुकाम तौलिहवाको बिकासप्रेमी, समाजसेवी तथा जननेताका रुपमा मानिएका गुप्ताको बि.सं. २०५४ साल कार्तिक २८ गते निधन भएको थियो । स्वर्गिय भगवानदास गुप्त राष्ट्यि पंचायत सदस्यको रुपमा लामो समय जननिर्वाचित भई काम गर्नुभएको थियो ।

कार्यक्रममा स्वर्गिय गुप्तले गरेका अतुलनिय बिकासका बारेमा उपस्थित ब्यक्तिहरुले खुलेर प्रसंशा गरेका थिए । स्वर्गिय भगवानदास गुप्तको बिकास मार्गको अनुशरण गर्दै आगामी प्रतिनिधीसभाको कपिलबस्तु क्षेत्र नं. २ का बामगठबन्धनका साझा उम्मेद्वारको रुपमा चुनावी अभियानमा रहनु भएका पुर्व मन्त्री बृजेश कुमार गुप्तलाई बिजयी गराउन तौलिहवाका नागरिकहरु विषेश रुपमा लागि परेका छन् ।

तौलिहवा लगायत निर्वाचन क्षेत्र नं. २ को समग्र बिकासका लागी सुर्य चिन्हमा मतदान गरि बाम गठबन्धनका साझा उम्मेद्वार बृजेश कुमार गुप्तलाई जिताउन समेत कार्यक्रम मार्फत अपिल गरिएको थियो ।

स्वर्गिय भगवानदास स्मृति प्रतिष्ठानका अध्यक्ष एवं पुर्वमन्त्री बृजेश कुमार गुप्तको अध्यक्षतामा भएको समारोहमा प्रतिष्ठानका सदस्य रामदास गुप्त, समाजसेवी कृष्ण कुमार शर्मा, रामरक्षा पाठक, धर्म बहादुरलाल श्रीवास्तव, बाबुराम खनाल, रउफ अहमद खां, राकेश पाठक, समयप्रसाद शुक्ल, फौजिया नसिम लगायतको आतिथ्यता रहेको थियो । सुशील जैसवालको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन संजय कशौधनले गर्नुभएको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७४ बुधबार ००:००  १ : ५५ बजे