काठमाडौँ ।
बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका खगेन्द्र सुनारको विवादित अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सुनारले राष्ट्रिय जनावर गाईको विषयमा दिएको अभिव्यक्ति विवादित बनेपछि रास्वपाले ध्यानाकर्षण भएको जनाएको हो ।
शुक्रबार महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै रास्वपामा जोडिनु अगाडि सुनारले व्यक्त गरेको अभिव्यक्तिलाई लिएर समाजमा पर्न गएको अन्योल र धार्मिक–सांस्कृतिक भावनामा पुगेको चोटप्रति पूर्ण क्षमायाचना मागिसकिएको बताए ।
ुउहाँले सार्वजनिक रूपमै आफू “शाकाहारी भएको, कुनै पनि पशु–पंक्षी हत्याको पक्षमा नरहेको र राष्ट्रिय जनावर गाईप्रतिको सम्मानमा कुनै द्विविधा नरहेको प्रष्ट पारिसक्नुभएको छ । सामाजिक सञ्जालमा व्यक्त केही प्रसङ्गहरूलाई तोडमोड गरी प्रचार समेत गरिएको भए तापनि, त्यसबाट उत्पन्न भ्रम र ठेस पुगेको भावनाप्रति उहाँले क्षमायाचना गर्दै आत्मालोचना समेत गर्नुभएको छ,ुविज्ञप्तिमा उल्लेख गरिएको छ ।
पार्टीले उम्मेदवार सुनारलाई सो सम्बन्धमा सचेत गराउनुका साथै भविष्यमा आफ्ना अभिव्यक्ति र व्यवहारमा थप संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न ध्यानाकर्षण गराएको महामन्त्री बुर्लाकोटीले बताए ।
सुनारको उद्देश्य कुनै पनि धर्म, संस्कृति वा राष्ट्रिय प्रतीकको अपमान गर्ने नभएको कुरामा पार्टी आश्वस्त रहेको समेत बुर्लाकोटीले बताए ।
रास्वपाको विधान र प्रस्तावनाले नेपालको इतिहास, सनातन सभ्यता, तथा धार्मिक–सांस्कृतिक विविधतामा आधारित सह–अस्तित्व र पारस्परिक सम्मान लाई आफ्नो मूल मर्म मानेको भन्दै बुर्लाकोटीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,ुहामी नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न सधैँ कटिबद्ध छौँ ।ु
रास्वपा कुनै पनि प्रकारका उत्तेजनात्मक गतिविधि वा सामाजिक सद्भाव बिगार्ने तत्त्वहरूको पक्षमा नरहेको समेत विज्ञप्तिमा मार्फत प्रष्ट पारिएको छ ।
रास्वपाका उम्मेदवारहरू केवल चुनाव जित्नका लागि मात्र नभई भोलिको संसद्मा संयमित, मर्यादित र देशको विधि–विधानलाई सम्मान गर्ने नेतृत्वका रूपमा उभिनेछन् भन्नेमा विश्वस्त रहेको उनले बताए ।
रास्वपा सधैँ विधिको शासन, सामाजिक न्याय, धार्मिक तथा सामाजिक सद्भाव कायम राख्दै सर्वपक्षीय समावेशी समाज निर्माणको अभियानमा अडिग रहने विज्ञप्तिमा उल्लेख गरिएको छ । काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका खगेन्द्र सुनारको विवादित अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
_EokPSc4P6c.jpg)

सुनारले राष्ट्रिय जनावर गाईको विषयमा दिएको अभिव्यक्ति विवादित बनेपछि रास्वपाले ध्यानाकर्षण भएको जनाएको हो ।
शुक्रबार महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै रास्वपामा जोडिनु अगाडि सुनारले व्यक्त गरेको अभिव्यक्तिलाई लिएर समाजमा पर्न गएको अन्योल र धार्मिक–सांस्कृतिक भावनामा पुगेको चोटप्रति पूर्ण क्षमायाचना मागिसकिएको बताए ।

‘उहाँले सार्वजनिक रूपमै आफू “शाकाहारी भएको, कुनै पनि पशु–पंक्षी हत्याको पक्षमा नरहेको र राष्ट्रिय जनावर गाईप्रतिको सम्मानमा कुनै द्विविधा नरहेको प्रष्ट पारिसक्नुभएको छ । सामाजिक सञ्जालमा व्यक्त केही प्रसङ्गहरूलाई तोडमोड गरी प्रचार समेत गरिएको भए तापनि, त्यसबाट उत्पन्न भ्रम र ठेस पुगेको भावनाप्रति उहाँले क्षमायाचना गर्दै आत्मालोचना समेत गर्नुभएको छ,’विज्ञप्तिमा उल्लेख गरिएको छ ।
_BQQvOkuXtk.gif)
पार्टीले उम्मेदवार सुनारलाई सो सम्बन्धमा सचेत गराउनुका साथै भविष्यमा आफ्ना अभिव्यक्ति र व्यवहारमा थप संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न ध्यानाकर्षण गराएको महामन्त्री बुर्लाकोटीले बताए ।

सुनारको उद्देश्य कुनै पनि धर्म, संस्कृति वा राष्ट्रिय प्रतीकको अपमान गर्ने नभएको कुरामा पार्टी आश्वस्त रहेको समेत बुर्लाकोटीले बताए ।
रास्वपाको विधान र प्रस्तावनाले नेपालको इतिहास, सनातन सभ्यता, तथा धार्मिक–सांस्कृतिक विविधतामा आधारित सह–अस्तित्व र पारस्परिक सम्मान लाई आफ्नो मूल मर्म मानेको भन्दै बुर्लाकोटीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,’हामी नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न सधैँ कटिबद्ध छौँ ।’

रास्वपा सधैँ विधिको शासन, सामाजिक न्याय, धार्मिक तथा सामाजिक सद्भाव कायम राख्दै सर्वपक्षीय समावेशी समाज निर्माणको अभियानमा अडिग रहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया