१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

युवासंघ र वाईसिएलका युवाहरु चुनावमा हुने अनियमितता विरुद्धमा कठोर ढंगले लाग्ने



शेरिफ के सि, कपिलवस्तु, २९ कार्तिक ।
विगतका कतिपय चुनावमा एक आपसमा टकरावको स्थितीमा रहेका मुलुककै दुई शक्तिशाली युवा संगठनले आसन्न मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागी कपिलवस्तुमा साझा मोर्चा खट्ने विशेष योजना बनाएकाछन् ।

विपक्षीले मतदातालाई प्रलोभनमा पार्न, तर्साउने र राज्यको दुरुपयोग गर्ने जस्ता काम देखेमा तत्काल हस्तक्षेप गर्नेगरी शसक्त युवा परिचालन गर्ने उनीहरुको योजना छ । दुबै युवा एकैठाउ भएपछि कार्यकर्ताहरु अत्यन्तै उत्साहकासाथ परिचालनमा लामवद्ध भएको भन्दै ती संगठनका नेताहरुले विशेष आभार ब्यक्त गरेकाछन् ।

कपिलवस्तुको जीतपुर चारनम्बरमा भएको युवाहरुको संयुक्त भेलाले निर्वाचन क्षेत्र नम्बर १ को लागि युवा मोर्चा निर्वाचन परिचालन समिति निर्माण गरेको छ ।

जसमा युवा संघ नेपालका केन्द्रिय लेखा आयोगका सचिव तेजेन्द्र बहादुर पाण्डेको संयोजकत्वमा २६ सदस्यीय क्षेत्रिय युवा परिचालन कमिटि गठन भएको छ । जसको सहसंयोजक युवासंघका पूर्व जिल्ला अध्यक्ष सर्वेन्द्रदेव खनाल र वाइसियलका बिजय कुवरले विशेष कमाण्ड संहाल्नु हुने भएकोछ । त्यस्तै प्रदेशसभाका लागि ३१ सदस्यीय युवा परिचालन कमिटि गठन भएको छ । जसमा संयोजक कमल क्षेत्री, सहसंयोजक ओसिस मुसलमान, शंकर क्षेत्रि लगायतका सदस्य चयन भएको युवा संघ प्रचार बिभाग प्रमुख बिनोद भटराईले जानकारी दिनुभयो ।

युवा भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका जिल्ला अध्यक्ष तथा संयुक्त निर्वाचन परिचालन समितिका जिल्ला संयोजक झविलाल पोख्रेलले बाम गठबन्धनलाई जिताउनका लागी सम्पूर्ण युवा आ आफ्नो क्षेत्राट लाग्न विशेष आग्रह गर्नुभयो । विपक्षी दलले लगाउने झुटो प्रचारलाई युवाहरुले चिर्नुपर्ने बताउदै बामगठबन्धनले जिते मुलुक समृद्धि हुने बताउनुभयो ।

लाखौ बेरोजगार युवालाई स्वदेशमै रोजगारी दिलाउनका लागि पनि बामगठबन्धनले जित्नुपर्नेमा उहाले जोड दिनुभयो । कार्यक्रममा एमालेका जिल्ला सचिव बाबुराम आचार्य, निर्वाचनको युवा परिचालन समितिका संयोजक चक्रपाणि अर्याल, सहसंयोजक बिमल सारु मगर, क्षेत्रीय निर्वाचन समितिका संयोजक डम्बर शर्मा, सहसंयोजक कमल चुदाली, एमाले नेतृ विमला घिमिरे, माओबादी नेतृ जनि वञ्जाडे, युवा नेता छवि रेश्मी लगायतले बोल्नुभएको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७४ बुधबार ००:००  १ : ५९ बजे