१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

९ किलो चाँदी र १५ हजार थान ‘हात्तीको पुच्छर’सहित २ जना पक्राउ



२९ कात्तिक, महोत्तरी । इलाका प्रहरी कार्यालय बर्दिवासले चाँदी र हात्तीको पुच्छर जस्तो देखिने सामग्रीसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलाली टिकापुर नगरपालिका १ बस्ने विश्वराज तिवारी र कालिकोट तिलकानगर ९ बस्ने लक्ष्मी कोइराला रहेको प्रहरी नायव उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए ।

प्रहरीले उनीहरुलाई बर्दिवास नगरपालिका १ स्थित शिशमहल होटेलबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट ९ किलो ४ सय ग्राम चाँदीका गहना र १५ हजार १ सय थान हात्तीको पुच्छर जस्ता बस्तु बरामद भएको प्रहरी नायव उपरीक्षक पोखरेलले जानकारी दिए ।

बरामद चाँदीका राजस्व अनुसन्धान कार्यालय पथलैयामा र हात्तीको पुच्छर जस्तो देखिने बस्तु जिल्ला बन कार्यालयमा बुझाउने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७४ बुधबार ००:००  ६ : ०७ बजे