११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

विष्णु पंथीको उद्घोष, ‘चुनाव जिते बौद्धमार्गीको गन्तब्य कपिलवस्तु बनाउँछु’



हरि अधिकारी, कपिलवस्तु, ३० कार्तिक ।
प्रतिनिधी सभा एकको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर एकका उम्मेदवार विष्णु पन्थीले पर्यटन प्रवर्धन र विकासले कपिलवस्तुको आर्थिक समृद्धिको बाटो खुल्ने बताउनु भएको छ । उहाँले कपिलवस्तुका ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाको उचित संरक्षण र प्रवर्धनले आर्थिक सम्बृद्धिका अवसर सिर्जना हुने स्पष्ट पार्नुभयो ।

जिल्लाका ऐतिहासिक तथा धार्मिक महत्वका सम्पदाको संरक्षणमा ध्यान नजादाँ कपिलवस्तुबासी पछी परेको समेत जिकिर गर्नुभयो । कपिलवस्तुको नाम मात्रको पनि छुट्टै किसिमको अन्तराष्ट्रिय छवि छ, नेता पन्थीले भन्नुभयो – भगवान बुद्धको कारणले गर्दा कपिलवस्तु चिनिएको छ तर यहाँको सामाजिक तथा आर्थिक स्थिती दयनिय छ ।

जिल्लामा विभिन्न सम्पदा र श्रोत हुँदा पनि बत्तीमुनि अध्यारोको स्थिती छ, लुम्बिनीको ओझेलमा कपिलवस्तु परेको छ, नेता पन्थीले प्रेस चौतारीले आयोजना गरेको पत्रकारहरुसंगको भेटघाटमा भन्नुभयो – संसारभरका बौद्धमार्गीको प्रमुख गन्तब्य थलोको रुपमा प्रचार प्रसार तथा विकास गर्न सकिन्छ । ३÷३ वटा बुद्ध जसमा शाक्यमुनि गौतमबुद्ध, कनकमुनि बुद्ध र क्रकुच्छन्द बुद्धको नामले परिचित कपिलवस्तु, ऐतिहासिक तथा धार्मिक महत्वले धेरै विकासका सम्भावना रहेको बताउदै नेता पन्थीले तिलौराकोट दरबार र संग्रहालयको उचित संरक्षण गरेर जिल्लाको समग्र विकास गर्न सकिने बताउनुभयो । उहाँले आफनो प्रदेशको क्षेत्रमा पर्ने बुद्धस्थल अरौराकोट, सग्रहवा, निग्लीहवा लगाएतका स्थानहरुको संरक्षणमा दिर्घकालिन गुरुयोजना बनाएर संघ, प्रदेश हुदै स्थानीय सरकारबाट ठोस योजना शुरुवात गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै युवा नेता पन्थीले वाणगंगा नगरपालिका र यस आसपासका ऐतिहासिक तथा धार्मिक स्थल महर्षि कपिलमुनिको तपोभूमि, ऋङ्गि ऋषि, पवित्र धार्मिक स्थल लक्ष्मणघाट बोलबम धाम, कैलाश आश्रम, मधुवन धाम, कोटिहवा, सुपादेउराली, प्रकेटश्वर, विकुली, अमौली, जगदिशपुर ताल, दरखसवा लगाएतका ठाँउहरुको संरक्षण र विकासमा आफुले काम गरेर आर्थिक विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । केही समय अघि वाणगंगा नगरपालिका र चीनको एक प्रख्यात बौद्ध शहरका नागरिक बीचको भगिनी सम्बन्ध स्थापित गर्न वाणगंगा नगरपालिकामा चाइनीज सरकारी उच्च अधिकारीको टोलीलाई ल्याउने कामको मुख्य भूमिका गर्नुभएको थियो ।

 

प्रकाशित मिति : ३० कार्तिक २०७४ बिहिबार ००:००  ४ : १७ बजे