१६ मंसिर २०८०, शनिबार | Sat Dec 2 2023

बसको ठक्करबाट महिलाको मृत्यु



दाङ, ३० कात्तिक (रासस) ।
बसको ठक्करबाट आज यहाँ एकजना महिलाको मृत्यु भएको छ । बबई गाउँपालिका वडा नं ४ सुन्दरखाल निवासी ४५ वर्षीया हिरा रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
बबई–४ सुन्दरखालमा पैदल यात्रु रानालाई ग१ख ७७०३० नंको बसले ठक्कर दिएर गम्भीर घाइते भएपछि राप्ती अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको राप्ती अञ्चल अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी खुमप्रसाद न्यौपानले जानकारी दिनुभयो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७४ बिहिबार ००:००  ९ : ५४ बजे