१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

भारतमा कार र बस ठोक्किदा पाँचको मृत्यु



नयाँ दिल्ली, ३० कात्तिक ।
उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा कार र यात्रुवाहक बस एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको प्रहरीले बिहीबार जानकारी दिएको छ ।
उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउबाट ५ सय किलोमिटर टाढा रहेको साहरनपुन जिल्लामा सो दुर्घटना भएको थियो ।
यस घटनामा परी कारमा रहेका पाँचै व्यक्तिको दुर्घटनास्थलमा नै मृत्यु भएको थियो । घाइते भएका यात्रुवाहक बसका यात्रुहरुलाई भने नजिकै अस्पतालमा उपचारको लागि भर्ना गरिएको बताइएको छ ।
उच्च गतिमा रहेको बस चालकले आफ्नो नियन्त्रण गुमाउदा विपरीत दिशाबाट आइरहेको कारसँग बस ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।
सरकारले यस घटनाको अनुसन्धानको लागि आदेश दिएको छ । विश्वका अन्य देशहरुको तुलनामा भारत हुने सडक दुर्घटनाको सङ्ख्या उच्च रहेको छ । (रासस÷सिन्ह्वा)

प्रकाशित मिति : ३० कार्तिक २०७४ बिहिबार ००:००  १२ : ११ बजे