१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

मतदान गर्ने तरिका सिक्न आयोगको आग्रह 



काठमाडौं मंसिर १ ।

निर्वाचन आयोगले मतदान गर्ने तरिका सिक्न आग्रह गरेको छ । यसअघिको स्थानीय तहको चुनावमा धेरै मद बदर भएको भन्दै आयोगले मतदान गर्ने तरीका सिक्न मतदातासँग आग्रह गरेको हो ।

आयोगले प्रतिनिधिसभा सदस्यका लागि हरियो रङ, प्रदेश सभाका लागि कालो रङ र समानुपातिकतर्फ रातो रङ चिन्ह भएको मतपत्र तयार गरेको छ । मतदाताले प्रतिनिधिसभा सदस्यका लागि हरियो रङको चिन्ह भएको मतपत्रमा एक छाप, प्रदेश सभा सदस्यका लागि कालो रङको चिन्ह भएको मतपत्रमा एक छाप र राजनीतिक दलका लागि समानुपातिक चुनाव प्रणालीको रातो रङको चिन्ह भएको मतपत्रको माथिल्लो खण्डमा एक छाप र तल्लो खण्डमा एक छाप लगाउनुपर्छ । मंसिर १० गते हुने पहिलो चरणको चुनावमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान गर्न सकिनेछ ।

प्रकाशित मिति : १ मंसिर २०७४ शुक्रबार ००:००  ५ : १५ बजे