१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

तपाईको मत हामीलाई चाहियो, हामी दश वर्षमा गरिबी हटाउँछौ : बाम उम्मेदवार



कपिलवस्तु, २ मंसिर ।
कपिलवस्तु एकका प्रतिनिधी सभाका उम्मेदवार चक्रपाणी खनालले निर्वाचनपछि बाम गठबन्धनको सरकारले २५ वर्षका लागि विकास र परिवर्तनको खाँका तयार गरेर मुलुकको सम्बृद्धी हासिल गर्ने बताउनुभयो । उहाँले ५ वर्ष देखि २५ वर्ष सम्मको बृहत योजना बनाएर मुलुकलाई आर्थिक सम्बृद्धिको रोडम्याम तयार गरेको बताउनुभयो । पूर्व प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार समेत रहुनभएका चक्रपाणी खनालले बामगठबन्धनको संयुक्त घोषणा पत्रले १० वर्षमा गरिबी हटाउदै नेपाली जनताकोे शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षामा विशेष कार्यक्रम संचालन गर्ने निति लिएको बताउनुभयो । नेता खनालले आगामी निर्वाचनबाट बामगठबन्धनलाई दुई तिहाइको भोट दिएर स्थिर सरकार बनाउन आम कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
त्यस्तै प्रदेश सभाका उम्मेदवार विष्णु पन्थीले जनताको खुशीमा बामगठबन्धनको सरकार आवश्यकता रहेको बताउनुभयो । बामगठबन्धनका युवा उम्मेदवार विष्णु पन्थीले युवा देखि बृद्धासम्मका नागरिकलाई आवश्यकता अनुसारको व्यवस्था बाग गठबन्धनको सरकारले गरेको बताउनुभयो । उहाँले स्वदेशमै युवाहरुलाई उत्पादन र रोजगारी सिर्जना गर्दै आर्थिक विकास गर्ने बताउनुभयो । उम्मेदवार पन्थीले एमालेको मनमोहन अधिकारी नेतृत्वको सरकारले एक सयबाट शुरु गरेको बृद्ध भत्ता बामगठबन्धनको सरकारले ५ हजार पु¥याउने जानकारी दिनुभएको छ । बामगठबन्धनको शुक्रबार वाणगंगा नगरपालिकाको वडा नम्बर एक बैरिया र वडा नम्बर ११ ओदारीमा सम्पन्न संयुक्त कार्यकर्ता भेलामा उम्मेदवारले उक्त कुरा बोल्नु भएको थियो ।
जेसिस भवनमा सम्पन्न कार्यक्रममा वडा नम्बर एकका संयोजक शंकर पाण्डेको अध्यक्षता र कमल आचार्यको संचालनमा भएको कार्यक्रममा प्रदेश सभाका समानुपातिक उम्मेदवार रिता थारु, गिरिधारीलाल न्यौपाने, एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेल, महिला नेतृ विमला घिमिरे, युवा नेता चक्र अर्याल लगाएतले बोलेका थिए । त्यस्तै वडा नम्बर ११ मा सम्पन्न भेलामा वडा संयोजक धु्रबचन्द्र थारुको अध्यक्षता र सह संयोजक कबिराज ज्ञवालीको संचालनमा सम्पन्न कार्यक्रममा निवर्तमान साँसद विश्राम प्रसाद थारु, सुकई थारु लगाएतले बोलेको थिए ।

प्रकाशित मिति : २ मंसिर २०७४ शनिबार ००:००  १ : ३४ बजे