३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

रुपन्देही प्रशासन उम्मेदवारको सुरक्षामा सतर्क



भैरहवा, २ मंसिर ।
रुपन्देहीमा उम्मेदवारहरुको सुरक्षाका लागि जिल्ला प्रशसान कार्यालयले उच्च सुरक्षा सर्तकता अपनाएको छ । मुलुकको विभिन्न जिल्लामा उम्मेदवारहरुमाथि श्रृंखलाबद्ध बम आक्रमण भइरहँदा जिल्लाका उम्मेदवारहरुको सुरक्षामा पनि सर्तकता अपनाइएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनु भयो ।
साथै, हाइ प्रोफाइल उम्मेदवारहरुको विशेष निगरानीसँगै उम्मेदवारहरुले सुरक्षा माग गरेको अवस्थामा आवश्यकता अनुसार सुरक्षा समेत उपलब्ध गराइरहेको उहाले जानकारी दिनु भयो । उहाले हालसम्म कुनै पनि उम्मेदवारलाई थ्रेट नआएको तर आफुहरु सर्वसाधरण र उम्मेदवारको सुरक्षामा सर्तक रहेको बताउनुभयो ।
जिल्ला सुरक्षा समितीले अति संवेदनशिल र संवेदनशिलमा वर्गिकरण गरेको मतदान स्थाल भएको क्षेत्रमा पनि विशेष सुरक्षा अपनाएको छ । यस्तै, निर्वाचनको लागि जिल्ला सुरक्षा समितीले गरेको निर्णय अनुसार जिल्लाको सुरक्षा व्यवस्थाम मिलाइएको र कुनै व्यक्ति उपर शंकस्पाद लागेमा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गर्ने कार्य भइरहेको रुपन्देही प्रशसानले जनाएको छ ।
विशेष गरी विप्लव माओवादीको पकड क्षेत्र मानिने क्षेत्रहरुमा उच्च सुरक्षा सर्तकर्ता अपनाइएको साहयक प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनु भयो । शंकास्पद गतिविधिका कारण प्रशासनले लुम्बिनीबाट विप्लव माओवादीको जिल्ला नेता विक्रम प्रसाद यादवलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । जिल्लाको विभिन्न क्षेत्रमा म्यादी प्रहरी, नेपाल प्रहरी र सस्शत्र प्रहरीले पैदल गस्ती, मोबाइल गस्ती गरिरहेका जिल्ला प्रशसान कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७४ शनिबार ००:००  १ : ४१ बजे