१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

प्रकाश दाहालको निधनप्रति एमालेद्वारा दुःख व्यक्त



काठमाडौं, मंसिर ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा तथा नेकपा माओवादी– केन्द्रका केन्द्रीय सदस्य प्रकाश दाहालको निधनप्रति नेकपा एमालेले दुःख व्यक्त गरेको छ । उहाँको निधनको खबरले एमाले स्तब्ध बनेको आइतबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाश दाहाललाई गम्भीर अवस्थामा नर्भिक अस्पताल पु¥याइएको जानकारी पाउन साथ एमाले अध्यक्ष केपी शर्मा ओलीले झापामै रहनुभएका प्रचण्डलाई काठमाडौंका लागि बिदाई गरेको उल्लेख गरिएको छ । घटनाको जानकारी पाउनासाथ पार्टीका बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेललगायतका नेताहरु नर्भिक अस्पताल पुगेर समवेदना प्रकट गर्नुभएको एमालेले जनाएको छ ।
निधन भएका प्रकाश दाहालप्रति सम्मान व्यक्त गर्न र नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्ड, शोकाकुल परिवारजन र नेकपा माओवादी केन्द्रप्रति समवेदना प्रकट गर्न नेकपा एमालेको तर्फबाट आइतबार दिउँसो २ देखि ३ बजेसम्म आयोजना गरिएका पूर्वनिर्धारित सबै चुनावी कार्यक्रम स्थगित गरिएको पनि जानकारी दिइएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७४ आइतबार ००:००  ६ : १३ बजे