१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

प्रकाशको निधन अस्पताल लानु भन्दा तीन घण्टा अघि नै डाक्टर



काठमाडौं, मंसिर ३ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको अस्पताल ल्याउनु भन्दा झण्डै तीन घण्टाअघि नै निधन भएको अस्पतालले जनाएको छ ।
नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. जे.पी. जयसवालले आइतबार प्रकाश दाहालको निधन बारे जानकारी दिन अपस्तालमा भएको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनुभएको हो ।
बिहान ५ बजेर ५० मिनेटमा प्रकाशलाई अस्पताल लगिएको थियो । प्रकाशको शरीरको जाँचबाट उहाँको निधन अस्पताल ल्याउनु भन्दा झण्डै तीन घण्टाअघि नै भएको देखिएको डा. जयसवालले बताउनुभयो । उहाँको आकश्मिक हृदयघातका कारण निधन भएको उहाँले जानकारी दिनुभएको छ ।
प्रकाश दाहालको अन्तिम संस्कार आज नै गरिने भएको छ । उहाँको दिउँसो ४ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभएको छ ।
त्यसअघि दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो साढे १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७४ आइतबार ००:००  ८ : २४ बजे