८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

उम्मेदवारमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी



३ मंसिर, डडेल्धुरा ।
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन अभियानका क्रममा उम्मेदवारहरुमाथि आक्रमण प्रयास गर्नेहरुलाई कडा कारबाही गर्ने चेतावनी दिनु भएको छ ।
प्रधानमन्त्री देउवाले निर्वाचनमा खटिएका उम्मेदवारहरुमाथि आक्रमण प्रयास भइरहेकोप्रति घोर निन्दा र भत्सर्ना गर्दै दोषीमाथि कडा कारबाही गर्ने चेतावनी दिनु भएको हो ।
चुनावी प्रचार अभियानका क्रममा आजविहान गृहजिल्ला डडेलधुरामा स्थानीय संचारकर्मीसँग कुराकानी गर्दै देउवाले चुनाव बिरोधी गतिविधि दोेहोरिन नदिने दृढतासमेत व्यक्त गर्नुभयोे ।
गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका प्रधानमन्त्री देउवाले सुरक्षा निकायसँग तत्काल बैठक बसेर निर्वाचन विरोधी गतिविधि हुन नदिने गरी उच्च सुरक्षा सतर्कता अपनाउने स्पष्ट पार्नु भएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७४ आइतबार ००:००  ८ : २९ बजे