७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

एम्बुलेन्सको ठक्करबाट स्कुटरमा सवार तीन जनाको मृत्यु



इटहरी, ४ मंसिर ।
एम्बुलेन्सको ठक्करबाट सुनसरीको इटहरीमा आइतबार राति तीन जनाको ज्यान गएको छ। स्कुटरमा सवार तीन जनाको धरान स्थित वीपी प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
मृत्यु हुनेहरुमा इटहरी २ का स्कुटर चालक डुकबहादुर कार्की, पाल्पा भैरवस्थान बस्ने ४० वर्षीय निर्मल गौतम र सुनसरीको महेन्द्रनगर १ बस्ने ४६ वर्षीया सरिता कुमारी काफ्ले छन् ।
धरानबाट इटहरी आउँदै गरेको को १ च ७००९ नं. को एम्बुलेन्सले धरानतर्फ गइरहेको ३२ प ४६७ नं. को स्कुटरलाई इटहरी २ हलगडामा ठक्कर दिएको थियो ।
एम्बुलेन्सका चालक इटहरीका सुनिल खड्का इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रकाशित मिति : ४ मंसिर २०७४ सोमबार ००:००  ३ : ४१ बजे