२ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026

राष्ट्रिय जनमोर्चाको नगर कार्यालय उद्घाटन



कपिलवस्तु, ५ मंसिर ।
राष्ट्रिय जनमोर्चा चुनाव प्रचार (प्रसार समिती) कपिलवस्तु क्षेत्र नम्बर १ को निर्वाचन परिचालन समितिको सम्पर्क कार्यालय हिजो चार नम्बरमा उद्घाटन भएको छ ।
कार्यालय उद्घाटन समारोहमा प्रमुख अतिथि निर्वाचन परिचालन मुल समितिका संयोजक राम प्रसाद बेल्बासेले कार्यालय उद्घाटन गर्दै यसपालिको निर्वाचनमा पार्टीका सम्पुर्ण पार्टी पंक्ति, कार्यकर्ताहरुलार्य जोड तोडका साथ आम जनताको घर दैलोमा जान आग्रह गर्नुभयो ।
झुठो आश्वासन भन्दा पनि पार्टीको एजेन्डा लिएर जनताको बिचमा जानू पर्नेमा जोड दिनु भयो । कार्यक्रममा मुल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम उत्तर क्षेत्रीय समिती सचिव शंकर पराजुली, जातिय समता समाज जिल्ला अध्यक्ष राम बहादुर नेपाली, अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष मेनका शर्मा, प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर १ का उम्मेदवार माधब भाट क्षेत्री लगायतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रम डवल सिंह जि.सि. को अध्यक्षता, चन्द्र बदन श्रेष्ठको स्वागत र सशिधर सापकोटाको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०७४ मंगलबार ००:००  १ : २३ बजे