२८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

एमालेमा यसरी निर्वाचित हुँदैछन् ३०१ जना केन्द्रीय सदस्य



काठमाडौँ ।

नेकपा (एमाले)को ११औँ महाधिवेशनमार्फत ३०१ केन्द्रीय सदस्य निर्वाचित हुने भएका छन् । 

एमालेले निर्माण गरेको संरचना अनुसार ३०१ जनाबाटै १९ पदाधिकारी पनि निर्वाचित हुनेछन् । जसमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना हुनेछन् ।

त्यस्तै प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाट नौ जनाका दरले ७२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

जसमा खुलातर्फ ५जना, महिला ३ र युवा एक हुनेछन् । त्यस्तै खुला कोटातर्फ जम्मा १२५ जना निर्वाचित हुनेछन् । त्यसमध्ये  खुला  ७१ (सबैले प्रतिस्पर्धा गर्न पाउने), महिला ५२ जना र युवा २ जना हुनेछन् ।

जनजाति क्लस्टरमा २५ जना निर्वाचित हुनेछन् । यो क्लस्टरमा खुला १५ जना, महिला ८ र युवा २ जना रहनेछन् ।

मधेसी क्लस्टरमा २० जना निर्वाचित हुनेछन् जसमा खुला ११, महिला ६ र युवा २ जना रहनेछन् । त्यस्तै प्रवास २, श्रमिक ३, अपाङ्गता भएका व्यक्ति १, दलित १२, थारुतर्फ ८ र पिछडिएको क्षेत्रबाट २ जना निर्वाचित हुनेछन् ।

संरचनाअनुसार केन्द्रीय कमिटी

१) पदाधिकारी   (१९ )जना
 •   अध्यक्ष  : १
 • उपाध्यक्ष : ५
 • महासचिव : १
 • उपमहासचिव : ३
 •    सचिव – ९ जना
२) प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाट: ९x८ (७२) जना
 • खुल्ला :  ५
 • महिला : ३
 • युवा : १
३)  खुल्ला कोटा (१२५ ) जना
 • खुल्ला : ७१
 • महिला : ५२
 • युवा : २
४) जनजाति / आदिवासी  ( २५) जना
 • आदिवासी–जनजाति :
 • खुल्ला : १५
 • महिला : ८
 • युवा : २
५) मधेसी  (१९) जना
 • मधेसी :
 • खुल्ला : ११
 • महिला : ६
 • युवा : २
६) प्रवास (२) जना
 • भारत : १
 • अन्य देश : १
७) श्रमिक (३) जना
 • खुल्ला : २
 • महिला : १
८)   अपाङ्गाता भएका ब्यक्ति (१) जना
 • खुल्ला : १
९)   दलित   (१२) जना
 • खुल्ला : ७
  • महिला : ४
  • युवा : १
१०)   थारु  (८) जना
 • खुल्ला : ५
 • महिला : ३
११)   मुस्लिम  (५) जना
 • खुल्ला : ४
 • महिला : १
१२)   थारु  (८) जना
 • खुल्ला : ५
 • महिला : ३
१३)   पिछडिएको क्षेत्र  (२) जना
 • खुल्ला : १
 • महिला : १
१४)   सम्पर्क समन्बय कमिटि  (२) जना
 • खुल्ला : १
 • महिला : १

प्रकाशित मिति : २८ मंसिर २०८२ आइतबार ००:००  ८ : १५ बजे