२८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

देशको समृद्धिका लागि एकतामा गएका हौँः भुसाल



कपिलवस्तु ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरूले देशको समृद्धिका लागि विभिन्न दलहरू एकै ठाउँमा जुटेको बताएका छन् । शनिबार कपिलवस्तुको तौलिहवामा आयोजित एकता सन्देश सभामा उनीहरूले यस्तो बताएका हुन् ।

एकतामा जोडिएका दलमध्ये कपिलवस्तुमा माओवादी र एकीकृत समाजवादीसहितका दल राजनीतिक रुपमा क्रियाशील छन् । सभालाई सम्बोधन गर्दै नेकपाका नेता तथा पूर्व मन्त्री डा। बेदुराम भुसालले नेपालको कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनु पर्ने जोड दिए । कम्युनिष्ट आन्दोलनको संरक्षणरप्रवर्द्धन, देश र नागरिकको रक्षा एवं मुलुकको समृद्धिका निम्ती अहिलेको एकता भएको भुसालको भनाइ थियो । पार्टी एकताको सन्देश कार्यकर्ता र नागरिकबिच पुर्याएर जनताको सहयोगबाट मुलुकको बागडोरसम्म पुर्याउनु पर्ने नेता भुसालले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि पूर्वमन्त्री तथा नेकपा नेता चक्रपाणि खनाल बलदेवले दिगो राजनीतिक दिशा–निर्देशका लागि मुलुकको सम्मृद्धिका सवालमा काम गर्नुपर्ने बताए । उनले जनताको पक्षमा काम गर्नु नै अहिले पार्टीको मुख्य अभिभारा रहेको बताए ।

यस्तै, अर्का नेता मातृकाप्रसाद यादवले नेपाली राजनीतिका कमजोरीको पहिचान गर्दै व्यक्तिवादको अहंकार, चाकडी र घमण्ड सबैले त्याग्नुपर्ने बताए छन् ।

प्रकाशित मिति : २८ मंसिर २०८२ आइतबार ००:००  ९ : ०६ बजे