१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

आज यो बर्षकै सबैभन्दा बढी चिसो



काठमाडौं, ५ मंसिर ।
काठमाडौं उपत्यकासहित देशभरी नै चिसो बढ्दै गएको छ । काठमाडौंमा मंगलबार बिहानको न्यूनतम तापक्रम ७ दशमलव ८ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार ८ दशमलव ४ डिग्री मापन गरिएको काठमाडौंको तापक्रम मंगलबार यो वर्षकै कम मापन गरिएको हो । राती आकाश खुलेको तथा जाडो महिना सुरु भैसकेकाले देशभरी कै न्यूनतम तापक्रम घटेको मौसमविद्ले बताएका छन् ।
अब देशभरी नै विस्तारै न्यूनतम तापक्रम घटेर चिसो बढ्दै जानेछ । गएको २४ घण्टामा जुम्लाको न्यूनतम तापक्रम माइनस १ दशमलव १ डिग्री सेल्सियसमा झरेको छ । आज पूर्व र पश्चिमको पहाडी भूभाग बाहेकका ठाउँको मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७४ मंगलबार ००:००  २ : ५४ बजे