८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

पाल्पा निर्वाचन क्षेत्र नं २ मा पूर्व सांसदबीच कडा प्रतिस्पर्धा



पाल्पा, ७ मंसिर ।
पाल्पा निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा दुई पूर्व सांसदबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसका हरिप्रसाद नेपाल र नेकपा (एमाल)ेका सोमप्रसाद पाण्डेयबीच कडा प्रतिस्पर्धा हँुदैछ । नेपाल नेपाली काँग्रेसका केन्द्रीय सदस्य र पाण्डेय एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ ।
नेपाल क्षेत्र नं ३ बाट र पाण्डेय क्षेत्र नं २ बाट संविधानसभा निर्वाचन २०७० मा निर्वा्चित पूर्व सांसद हुनुहुन्छ । दुवै नेताहरुले अहिले एउटै निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दिएपछि चुनावमा कडा प्रतिस्पर्धा हुने देखिएको हो । तीन निर्वाचन क्षेत्र रहेको पाल्पालाई राज्य पुनःसंरचना गर्दा दुई निर्वाचन क्षेत्र कायम गरिएको थियो ।
दुवै लोकप्रिय नेता भएकाले निर्वाचनमा यसले नै जित्छ भन्न सकिने अवस्था नभएपनि २०७० सालको संविधानसभाको निर्वाचनका आधारमा वाम गठबन्धनको पाल्पाका दुवै निर्वाचन क्षेत्र बलियो देखिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७४ बिहिबार ००:००  २ : ४६ बजे