१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025

कांग्रेस बाहेक अरु पार्टीहरु उग्रबादी छन – उपाध्याय



अबिनाश बेल्बासे, कपिलबस्तु, ७ मङ्सिर ।
कपिलबस्तुमा कांग्रेसका तर्फबाट निर्बाचन क्षेत्र नं. १ को प्रतिनिधिसभा १ का उम्मेदवार बन्नुभएका दिप कुमार उपाध्यायले मुलुकमा दिगो शान्ति, राजनितिक स्थिरता र आर्थिक समृद्धिका लागि सम्पुर्ण राजनितिक शक्ति मिल्नुको बिकल्प नरहेको बताउनुभयो । उहाँले आसन्न चुनाबमा मतान्तरमा केहि फरक परेपनि चुनाब पछि राजनितिक दलहरु बिचको तिक्तता र रिक्ततालाई हटाएर एक आपसमा समन्वय गरि अगाडि बढ्नु पर्ने जिकिर गर्नुभयो । बाणगंगा नगरपालिका वडा न ७ गन्सहवामा विहिबार आयोजना गरिएको चुनाबि प्रचार प्रसार पछिको कोणसभामा बोल्दै उपाध्यायले यस्तो बताउनुभएको हो ।
कोणसभा पछि सञ्चारकर्मी संग संक्षिप्त कुराकानी गर्दै उपाध्यायले आफु यस क्षेत्रमा बढि परिचित हुनुका साथै जिल्ला र राष्ट्रिय राजनितिमा समेत अनुभब बटुलेकाले जनताले भोट दिएर बिजयी बनाउने दाबी गर्नुभयो ।
कांग्रेसको सितल छहारिमा आफुले समन्वय गर्ने उहाको भनाई थियो । उहाले युवालाई बिदेश जान बाट रोकि स्वदेशमै रोजगार सिर्जना गर्ने बातावरण बनाउने बताउनुभयो । बाणगंगा ७ गन्सहवा बासिलाई सम्बोधन गर्दै अरु पार्टिमा उग्रता भएको आरोप लगाउदै उहाले कांग्रेस पार्टी मात्र शान्ति चाहने पार्टी भएको दाबी गर्नुभयो ।
त्यस्तै निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा १ का उम्मेदार पुर्ण प्रसाद थारुले आफु किसानको छोरो भएको बताउनुभयो । उहाले आफु कृषिको बिज्ञ भएकाले कृषि सम्बन्धि मास्टर प्लान बनाउन कसैको सहयोग लिनु नपर्ने बताउदै आफुलाई भोट दिन आग्रह गर्नुभयो ।
कांग्रेस निर्बाचन क्षेत्र नं. १ ले बिहिबार वाणगंगा नगरपालिकाको वडा नम्बर ७ र ८ का विभिन्न स्थानमा घरदैलो तथा जनभेटघाट कार्यक्रम सम्पन्न गरेको छ । जसअन्र्तगत वाणगंगा ७ का मोतिपुर डाँडा, मुडेबाबा थान, कोइली बनगाई, घेरुवा बनगाई, गन्सहवा र वाणंगगा नगरपालिका वडा नम्बर ८ अन्तर्गत पर्ने ढोडेकोल लगायतका स्थानमा कोणसभा तथा जन भेटघाट सम्पन्न भएको नेपाली कांग्रेश निर्वाचन परिचालन समिति क्षेत्र नम्बर १ कपिलवस्तुले जनाएको छ ।
कार्यक्रममा वाणगंगा नगरपालिकाका मेयर मंगल थारु, नेपाली कांग्रेशका महाधिवेशन प्रतिनिधी टेक बहादुर शाही, नेपाली कांग्रेश वाणगंगा नगरकार्य समितिका कार्यबहाक सभापति विष्णु थापा, क्षेत्रीय सचिव प्रेम नारायण पौडेल, कपिलमुनि सामाजिक विकास संस्थाका अध्यक्ष विनिराम पौडेल, क्षेत्रीय सदस्य इन्दु पौडेल, यज्ञ भटराई, नेपाल विद्यार्थी संघका जिल्ला उपसभापति संकर न्यौपाने, दुर्गा केसि, लगायतको उपस्थिति रहेको बताईएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७४ बिहिबार ००:००  ४ : २४ बजे