१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

ग्रामीण भेगका महिलाहरुलाई मतदाता शिक्षा



पार्वती पाण्डे, कपिलवस्तु ८ मंसिर ।
संयुक्त बामगठबन्धन महिला परिचालन कमिटि क्षेत्र नं कपिलवस्तुले ग्रामीण भेगका महिलाहरुलाई मतदाता शिक्षा दिएको छ । विहिबार गजेहडामा रहेको सामुदायिक रेडियो वुद्धआवाजको हलमा उक्त कार्यक्रम गरिएको हो । मतपत्र बदर नहौन भोट दिदा कोहि पनि अलमलमा नपरुन भन्ने उद्देश्यले मतदाता शिक्षा दिइएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अनेमसंघका केन्द्रिय सदस्य विमला घिमिरेले मत दिदा मतदाताहरुले ध्यानपुर्वक दिनु पर्ने बताउनुभयो । उहाँले बाम गठबन्धनका उमेदवारहरुलाई अत्यधिक मतले जिताउन समेत आग्रह गर्नु भयो । निर्णायक मत महिलाहरुको भएको हुदा त्यो मतलाई खेर नफाल्न अनुरोध गर्नु भयो ।
कार्यक्रममा अनेमसंघ क्रान्तिकारीका पुर्व महासचिव यमा बन्जाडेले बामगठबन्धनको जितले मुलुक अग्रगमनमा जाने जनाउनु भयो । प्रतिनिधि सभा क्षेत्र नं १ निर्वाचन परिचालन कमिटिका संयोजक डम्मर शर्मा, सहसंयोजक कमल चुँदालीले बोल्दै अमुल्य मत खेर नफाली अत्यधिक मतले बामगठबन्धनका उमेदवारहरुलाई जिताउन महिलाहरु कम्मर कसेर लाग्नु पर्नेमा जोड दिनु भयो ।
चेतना अधिकारीको अध्यक्षता बिमला गौतमको सञ्चालनमा भएको अभिमुखिकरण उद्घाटन समारोहको समापन कार्यक्रममा क्षेत्र नं १ का ५० बढि महिलाहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण प्रकाश घिमिरेले गर्नु भएको थियो । मतदाता शिक्षाको जानकारी पाए पछि महिलाहरु खुशी भएका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७४ शुक्रबार ००:००  १२ : ५८ बजे