१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

प्रचण्ड आजदेखि चुनावी अभियानमा



काठमाडौं, ८ मंसिर ।
पुत्रशोकमा परेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आजदेखि चुनावी अभियानमा सहभागी हुनु हुने भएको छ । छोरा प्रकाश दाहालको यही मंसिर ३ गते हृदयाघातका कारण निधन भएपछि चुनावी अभियान स्थगन गरेका प्रचण्ड शुक्रबारदेखि आफ्नो निर्वाचन क्षेत्रमा हुने चुनावी कार्यक्रममा सहभागी हुन लाग्नुभएको हो ।
निर्वाचन क्षेत्रमा चुनावी अभियान बाँकी रहेकाले घरदैलोसहित सानासाना चुनावी कार्यक्रममा प्रचण्ड सहभागी हुन लागेको जानकारी उहाका प्रेस संयोजक मनहरि तिमिल्सेनाले दिनुभयो ।
प्रचण्ड चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार छन् । तिमिल्सेनाका अनुसार, शुक्रबार र शनिबार बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहित माओवादी केन्द्रका नेता रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम छ । चुनावी अभियानका क्रममा प्रचण्डकी पत्नी सीता, छोरी रेणुसहित अध्यक्ष दाहाल चितवन जाने बताइएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७४ शुक्रबार ००:००  २ : ५२ बजे