१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

रसुवामा हवाइ फायरिङ



रसुवा, ८ मंसिर (रासस) ।
मौन अवधि शुरु हुनुभन्दा केही समय अगाडि राजनीतिक दलका कार्यकर्ताबीच झडप हुने स्थिति आएपछि गएराति ११ बजे दक्षिणी रसुवाको कालिकास्थान क्षेत्रमा हवाइ फायरिङ भएको छ ।
लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका कार्यकर्ताबीच एकआपसमा भिडन्त हुन थालेपछि १३ राउण्ड हवाइ फायरिङ गरिएको र अहिले त्यस क्षेत्रको स्थिति सामान्य रहेको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताउनुभयो ।
मतदातालाई सुरक्षाको प्रत्याभूति दिलाउन थप सुरक्षा गस्तीलाई तीव्रता दिइएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ८ मंसिर २०७४ शुक्रबार ००:००  ४ : १३ बजे