१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022

दुधराक्ष पुलमा बस र ट्रक ठोक्किदा २५ जना घाइते



भुवन पाण्डे, बुटवल, ८ मंसिर ।
बस र ट्रक एक आपसमा ठोक्किँदा शुक्रबार रुपन्देहीमा २५ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको रुपन्देही प्रहरीले जनाएको छ । घाइतेहरुको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भैरहेको छ ।
नेपालगञ्जबाट बुटवल आउँदै गरेको ना ४ ख ७६७ नम्बरको बस र बिपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ९७७१ नम्बरको ट्रक सैनामैना नगरपालिका ६ दुधराक्ष पुलको बीच भागमा ठोक्किएको हो ।
दुई घण्टा देखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग साँझ ६ बजेबाट एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७४ शुक्रबार ००:००  १ : २७ बजे