१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

एमाले अध्यक्ष केपी ओलीको घरको गेटमा बम विस्फोट



झापा ९, मंसिर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको झापामा रहेको घरको गेटमा बम विस्फोट भएको छ । शनिबार बिहान ४ बजेतिर झापाको दमक नगरपालिका–५ मा रहेको ओलीको घरको पूर्वी गेटमा विस्फोट भएको हो ।
विस्फोटबाट गेटमा सामान्य क्षति भएको छ । यस्तै त्यहिँ नजिकै अर्को विस्फोटक पर्दाथ पनि भेटिएको छ । त्यसलाई सुरक्षाकर्मीले घेराहालेर राखेका छन् ।
विस्फोटक पदार्थलाई निष्क्रिय पार्नका लागि बम डिस्फोजल टोली जाँदैछ । घटनाका बारेमा थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७४ शनिबार ००:००  १२ : ३८ बजे