६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

गुल्मीमा जनमोर्चाको वाम गठबन्धनलाई साथ, राप्रपा कांग्रेस संग लपक्क !



गुल्मी, ८ मंसिर ।
गुल्मीमा वाम गठबन्धनलाई राष्ट्रिय जनमोर्चाले समर्थन गर्ने भएको छ । जनमोर्चाले गुल्मी क्षेत्र नम्वर १ मा प्रतिनिधिसभा तर्फ वाम गठबन्धनको पक्षमा मत हाल्ने भएको छ । क्षेत्र नम्वर १ का वाम गठबन्धनका साझा उम्मेदवार प्रदिपकुमार ज्ञवालीलाई भोट हाल्ने निर्णय गरेपछि ज्ञवालीलाई थप सहज भएको गठबन्धनले जनाएको छ ।
राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभाका लागि समर्थन गरे पनि प्रदेशका विषयमा भने छलफल मात्र चलाएको छ । राष्ट्रिय जनमोर्चाले गुल्मी क्षेत्र २ मा भने उम्मेदवार बनाएको छ । त्यस्तै गुल्मीमा राप्रापा नेपालले नेपाली कांग्रेसलाई समर्थन गर्ने भएको छ ।
जिल्लाका २ निर्वाचन क्षेत्रमा राप्रापा नेपालले उम्मेदवारी नै नदिई कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको नेपाली कांग्रेस गुल्मीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
कांग्रेस र राप्रापा नेपालले जिल्लाका केहि ठाउँमा सयुक्त रुपमा कार्यक्रमहरु गर्दै मतदातासँग अन्र्त्क्रिया समेत गर्ने गरेका छन् । राप्रापा नेपालले जिल्लाबाट समानुपातिक तर्फ मात्र उम्मेदवार बनाएको पराप्रापा नेपालका केन्द्रिय सदस्य एबं प्रतिनिधिसभा समानुपातिक उम्मेदवार सर्वण नेपालीले जानकारी दिनुभयो

प्रकाशित मिति : ९ मंसिर २०७४ शनिबार ००:००  १२ : ५७ बजे