१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

पश्चिम रुकुममा जीप दुर्घटना हुँदा सातको मृत्यु



रुकुम, ९ मंसिर ।
पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट पश्चिम रुकुमको सदरमुकाम मुसीकोट आइरहेको ग १ ज ४२६० नम्वरको जीप दुर्घटना हुदाँ सातजनाको मृत्यु भएको छ । मुसीकोट नगरपालिकाको वडा नं ६ साँखमा दुघर्टनामा परेको जीप मध्यपहाडी लोकमार्गबाट झण्डै एक सय मिटर तल पुगेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मुसीकोट नगरपालिका वडा नं १ का जनक शाह, सुदन श्रेष्ठ, शेरबहादुर श्रेष्ठ, मुसीकोट नगरपालिका वडा नं ४ की सुरेखा शाह, त्रिवेणी गाँउपालिका वडा नं १ की यमुना मल्ल र रुकुमकोट निवासी प्रहरी ईन्सपेक्टर नविन श्रेष्ठ र उनकी पत्नी प्रहरी ईन्सपेक्टर अनिता प्रधानको मृत्यु भएको छ । सुदन श्रेष्ठ र शेरबहादुर श्रेष्ठ बाबुछोरा हुन् ।

दुर्घटनामा घाइते भएका दाङका टेकबहादुर खत्री, चालक प्रेम थापा र सहचालक बाँफिकोटका प्रेम केसीलाई जिल्ला अस्पताल उपचार हुन नसकी थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।
महेश केसी, अन्नपूर्ण

प्रकाशित मिति : ९ मंसिर २०७४ शनिबार ००:००  १ : ३० बजे