१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

रुकुममा जिप दुर्घटना तीन दिनअघि बिहे गरेका इन्स्पेक्टर दम्पती सहित सात जनाको मृत्यु



रुकुम, मंसिर ९ ।
रुकुममा जिप दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । तीनजना घाइते भएका छन् । रुकुमकोटबाट मुसीकोटका लागि छुटेको ग १ ज ४२६० नम्बरको जिप मुसीकोट नगरपालिका–६ साँखमा गउ राति ८ बजे तिर दुर्घटना हुँदा दुईजना प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित सातजनाको ज्यान गएको हो ।
दुर्घटनामा रुकुमकोटका प्रहरी निरीक्षक नविन श्रेष्ठ, उहाँकी श्रीमती प्रहरी निरीक्षक अनिता प्रधान, भलिबल खेलका राष्ट्रिय रेफ्रि मुसीकोट–१ का जनक शाह, गाडी व्यवसायी सुदन श्रेष्ठ, शेरबहादुर श्रेष्ठ, शिक्षिका सुरेखा शाह श्रेष्ठ र यमुना मल्लको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले जनाएको छ । शेरबहादुर, सुदन र सुरेखा बुवा, छोरा र छोरी रहेको प्रहरीले जनाएको छ ।
घाइते भएका जिप चालक प्रेम थापासहित यात्रुहरु प्रेम केसी र टेकवहादुर खत्रीलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । तीन दिनअघि मात्र विवाह गरेका प्रहरी निरीक्षकद्वय नविन र अनिता विवाह सकेर कार्यक्षेत्रमा फर्किने क्रममा जिप दुर्घटनामा पर्नुभएको हो ।

प्रकाशित मिति : ९ मंसिर २०७४ शनिबार ००:००  ८ : २६ बजे