१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

उम्मेदवार लक्षित बम डिस्पोज



बुटवल, ९ मंसिर ।
रुपन्देही क्षेत्र नम्बर ५ का बामगठबन्धनका उम्मेदवार तथा माओवादी केन्द्रका नेता डिलाराम आचार्यको घर बुटवल उपमहानगरपालिका वडा नं. ११ देबसिद्ध चोकमा राखिएका दुई वटा सुतली बम डिष्पोज गरिएको छ । एउटा घर नजिकै करेसाबारीमा र अर्को सुतली बम २ सय मिटर नजिक चोकमा फेला परेको थियो ।

बुटवल रामनगरमा रहेको जवरजंग गणको डिष्पोजल टोलीले दुई वटा सुतली वमलाई डिष्पोज गरेको थियो ।

गुन्द्री बुन्ने तानोले बेरिएर राखिएको सुतली बमलाई डिष्पोजल टोलीले तीन पटकसम्म पटकाएर डिष्पोज गरेको डिष्पोजल टोलीका सदस्य राजेन्द्र बहादुर खड्काले जानाकारी दिए ।
चोकमा शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थियो । बम भेटिएपछि स्थानियहरु त्रसित बनेका छन् । रुपन्देहीमा उम्मेदवारको घर लक्षित बम राखिएको पहिलो घटना हो ।

बुटवलमै गोलपार्कमा साता दिन अघि नक्कली बम राखेर स्थानियमा त्रसित पारिएको थियो भने मंरि ८ गते एमाले अध्यक्ष केपी ओलीले बामगठबन्धनको बृहत सभालाई सम्बोधन गर्दै गर्दा बसपार्कमा शक्तिशाली बम विष्पोट गराइएको थियो । प्रहरीले शंकास्पद बस्तु देख्नसाथ सर्तक रहदै खवर गर्न समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७४ शनिबार ००:००  २ : १६ बजे