१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

अज्ञात समुहद्धारा गुल्मीमा बम विष्फोट



गुल्मी, ११ मंसिर ।
नेपाली कांग्रेस गुल्मी जिल्लाको क्षेत्र नं २ मा चुनावी कार्यक्रममा जादै गर्दा अज्ञात समूहले गरेको वम विस्फोटमा नेपाली कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थी र क्षेत्र नं २ का पार्टी सभापति भगत खड्का बाच्न सफल भएका छन् । मुसिकोट नगरपालिका वाड नं १ को नेटा को घुम्तिमा उक्त विस्फोट भएको हो ।
गुल्मीको दर्लिङमा चुनावी सभा गर्नको लागि जाँदैगर्दा माथिबाट फालिएको वम गाडीभन्दा ५ मिटर पछाडि खस्नाले दुवैजनाको ज्यान बस्न सफल भएको हो । भगत खड्का का अनुसार प्रहरीलाइ खवर गरिएको र प्रहरी आएपछि कार्यक्रम मा जाने बताए ।
प्रहरी उपरीक्षक अनुराग दुबेदिले चौकिबाट प्रहरी को टोलि घटनास्थलमा पठाइ सकिएको बताए । नेपाली कांग्रेस गुल्मी ले घटनाको भत्सर्ना गरेको छ र दोषीलाई कार्वाहीको लागि जोडदार माग गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७४ सोमबार ००:००  १२ : १४ बजे