१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

खुमबहादुरको बिँडो थाम्ने दीपक गिरीलाई हिराको चुनौती



दाङ, १५ मंसिर ।
नेपाली कांग्रेसका नेता दीपक गिरी दाङ जिल्लामा खुमबहादुर खड्कापछि चर्चामा आउने नेपाली कांग्रेसका उर्जाशील नेता हुन् । सत्तामा पुगेर मन्त्री बन्न सफल भइसकेका गिरी यसपालिको चुनावमा क्षेत्र नम्बर ३ बाट एमालेका युवा नेता हिराचन्द्र केसीसँग चुनौतीपूर्ण प्रतिस्पर्धा गर्दैछन् ।
दाङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि तीनजना स्वतन्त्रसहित १० जना उम्मेदवार प्रतिस्पर्धामा होमिएका छन् । तर, कांग्रेसका दीपक गिरी र वाम गठबन्धनबाट एमालेका दाङ जिल्ला सचिव समेत रहेका हिराचन्द्र केसी मुख्य प्रतिस्पर्धी हुन् ।
यी बाहेक राष्ट्रिय जनमोर्चाबाट कमला जिसी, नयाँ शक्तिबाट हरिप्रसाद रिजाल, संघीय खम्बुवान लोकतान्त्रिक पार्टीबाट शेरबहादुर आलेमगर, नेकपा मालेबाट हिमलाल चौधरी र वैद्य माओवादीको देशभक्त जनगणतान्त्रिक मोर्चाबाट हिरामणी पौडेल प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । यसैगरी नरबहादुर वली, बालकृष्ण शर्मा र यादव भण्डारीले स्वतन्त्रबाट चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७४ शुक्रबार ००:००  ४ : १८ बजे