१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

बम भनिएको झोलामा कपडा, टोपी र बिस्कुट



पाल्पा, १८ मंसिर ।
पाल्पा सदरमुकाम तानसेन शीतलपाटीमा बेवारिसे अवस्थामा भेटिएको झोलामा बम नरहेको पुष्टि भएको छ । आइतबार बिहानै बम भेटिएको हल्ला चलेपछि सेनाको बम डिस्पोजल टोलीलाई खटाइएको थियो । झण्डै एक घण्टा सर्वसाधारणलाई यो क्षेत्रमा जान रोक लगाएर अनुसन्धान गरिएको थियो ।
झोलामा बम नभई कपडा, टोपी र बिस्कुट मात्रै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । शनिबार बेलुका मात्रै पाल्पा क्षेत्र नं. २ (ख) का प्रदेश सभाका उम्मेदवार तुलाराम घर्ती चढेको गाडीलाई लक्षित गरेर दोभान पाल्पामा बम विस्फोट भएको थियो ।
त्यो घटनामा घाइते भएका चालक शर्माजी श्रेष्ठको अञ्चल अस्पताल बुटवलमा उपचार भैरहेको छ । देशका विभिन्न स्थानमा नचिनेका मानिसको समूहले बम विस्फोट गराएपछि तानसेनमा पनि शंकास्पद बस्तुले त्रास बढाएको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७४ सोमबार ००:००  ३ : २९ बजे