११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

रुपन्देहीमा निर्वाचनको तयारी पुरा



लक्ष्मण पोखरेल, बुटवल, १९ मंसिर ।
रुपन्देहीमा निर्वाचनको तयारी पुरा भएको छ । यही मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेस सभा निर्वाचनका लागि जिल्लामा सबै तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा २ सय ८ मतदान स्थलमा ५ सय ९८ मतदान केन्द्र तोकिएको छ । प्रत्येक मतदान केन्द्रमा ८ जना कर्मचारी र ४ जना स्वयम्सेवक खटाइएको रुपन्देहीका सहायक निर्वाचन अधिकारी गोपाल अर्यालले बताउनुभयो । अर्यालका अनुसार मतपेटिका, स्वस्तिक छाप, सुरक्षणशील, स्टेश्नरी लगायत ६७ प्रकारका सामाग्री सम्बन्धी केन्द्रमा पुगिसकेका छन् ।

मतदानका लागि कालो र सेतो गरी दुई प्रकारका मतपेटिकाको व्यवस्था गरिएको अर्यालले बताउनुभयो । कालो मतपेटिका प्रतिनिधि र प्रदेश सभाको लागि प्रत्यक्षतर्फको हो भने सेतो मतपेटिका प्रदेश र प्रतिनिधि सभाका लागि सामानुपातिकको हो ।

निर्वाचन आयोगका अनुसार मंगलबार र बुधबार नयाँ मतदाताहरुलाई परिचय पत्र वितरण गरिने छ । ०७४ साउन ३ देखि भदौ ३ गतेसम्म फोटो खिचाएका मतदातालाई नयाँ परिचय पत्र वितरण गरिने आयोगले जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७४ मंगलबार ००:००  ३ : ३८ बजे