१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पाल्पाका बोटे समुदायलाई चुनावी माहोलले छोएन



पाल्पा, १९ मंसिर ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन केही दिन मात्र बाँकी रहँदा पाल्पाका बोटे समुदायमा अझै चुनावी चहलपहल देखिएको छैन । आगामी मंसिर २१ गते हुने निर्वाचनमा दलका नेता कार्यकर्ता भोट माग्दै सभा, सम्मेलन र घरदैलोमा जुट्दा पुख्र्यौली पेसामै जीवन निर्वाह गर्ने बोटे समुदायमा चुनावी उत्साह नै छैन ।
पाल्पाको बग्नासकाली गाउँपालिका–७, दैलातुङका बोटे समुदायमा चुनावभन्दा साँझ बिहान छाक कसरी टार्ने भन्ने निकै चिन्ताले सताइरहको छ । कालीगण्डकी नदीबाट डुंगा तारेर दैनिक गुजारा चलाउँदै आएका बोटे समुदाय सो नदीमा पुल बनेपछि आयआर्जनको स्रोत गुमेकाले समस्यामा परेका हुन् ।
बोटे समुदायका मानिसले दलका स्थानीय तहका नेतासँग गाँस बाँस र कपास नै आफूहरुको पहिलो मुद्दा रहेको बताउँदै आएका थिए । दलका प्रभावशाली नेतालाई बोटे बस्ती कस्तो छ भन्ने नै थाहा छैन ।
डुंगा चलाउने पेशाबाट विस्थापित भएपछि बग्नासकाली दैलातुङ्गका १७ घर बोटे परिवारका नाना चाचा र पालनपोषणका लागि खर्च जुटाउन ज्याला मजदुरी गनुपर्ने वा भारत जानुपर्र्ने बाध्यता रहेको बाटे समुदायका अगुवा गजवीर बोटेको दुखेसो छ ।

प्रकाशित मिति : १९ मंसिर २०७४ मंगलबार ००:००  ३ : ४० बजे