१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

चितवनमा प्रचण्डले लिए अग्रता



२२ मंसिर, चितवन । चितवन क्षेत्रनम्बर तीनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुनः अग्रता लिएका छन् । यसअघि उनी राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेभन्दा पछि थिए ।
ताजा मत परिणामअनुसार प्रचण्ड पाण्डेभन्दा २३ मतले अघि छन् ।

 

प्रचण्डले १ हजार ३ मत ल्याएका छन् भने लोकतान्त्रिक गठवन्धनबाट उठेका राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेले ९८० मत ल्याएका छन् ।

प्रचण्डलाई एमालेको र पाण्डेलाई कांग्रेसको समर्थन छ ।

प्रकाशित मिति : २२ मंसिर २०७४ शुक्रबार ००:००  ३ : ०२ बजे