१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

गुल्मीमा दुई क्षेत्रकै चन्द्रलाई सूर्यले छेक्ने सम्भावना



गुल्मी, मंसिर २३ । गुल्मीका दुई ओटै क्षेत्रमा एमालेका उम्मेदवारहरु अग्रपक्तिमा रहेका छन । गुल्मी क्षेत्र नम्बर १ मा एमालेका प्रदिप ज्ञवालीले १३ हजार ३ सय ४५ मत ल्याउनुभएको छ भने कांग्रेसका चन्द्र भण्डारी ११ हजार १ सय ७३ मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ ।
त्यस्तै गुल्मी क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण विष्टले अग्रता लिनुभएको छ । गोकर्ण विष्टले १९ हजार ४ सय ९६ मत ल्याउनुभएको छ भने कांग्रेसका चन्द्र केसीले ९ हजार ५ सय ४७ मत ल्याउनुभएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७४ शनिबार ००:००  १० : ०४ बजे