१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

झापामा ओली, कार्की र लिङदेन अगाडि



भद्रपुर, २३ मंसिर ९रासस । झापाको पछिल्लो मत परिणामअनुसार वाम गठबन्धनले अग्रता लिइरहेको छ ।

पछिल्लो परिणामअनुसार झापाको निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रहनुभएका सुरेन्द्रकुमार कार्कीले १४ हजार ७७४ मत तथा नेपाली काँग्रेसका विश्वप्रकाश शर्माले १३ हजार ९४९ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन क्षेत्र नं २ मा वाम गठबन्धनका उम्मेदवार पवित्रा निरौला ९खरेल० ले १५ हजार ८०४ तथा नेकाका उद्धव थापाले १२ हजार १६६ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं ३ मा वाम गठबन्धनका राप्रपा महामन्त्री राजेन्द्रकुमार लिङदेनले १५ हजार हजार ६९० तथा नेकाका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले ११ हजार ४८ मत पाउनुभएको छ ।

यसैगरी, क्षेत्र नं ४ मा वाम गठबन्धनका एल पी सावाले २१ हजार ४४० र नेकाका देउमान थेवेले १३ हजार ६४९ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

क्षेत्र नं ५ मा वाम गठबन्धनका उम्मेदवार नेकपा ९एमाले० अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १७ हजार ५४ र नेकाका डा खगेन्द्र अधिकारीले सात हजार हजार ७६३ मत प्राप्त गर्नुभएको छ ।
–––

प्रकाशित मिति : २३ मंसिर २०७४ शनिबार ००:००  १० : २७ बजे