१० आश्विन २०७९, सोमबार | Mon Sep 26 2022

दाङ क्षेत्र नं २ प्रदेश ‘ख’ मा डाँगी विजयी



तुलसीपुर, दाङ, २३ मंसिर रासस । क्षेत्र नं २ प्रदेश ‘ख’ मा वाम गठबन्धनका तर्फबाट नेकपा ९एमाले० का अम्मरबहादुर डाँगी २१ हजार ४५० मत ल्याई विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भरतबहादुर न्यौपानेले १३ हजार १९० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो ।

कूल ५७ हजार १७० मतदाता रहेको यस क्षेत्रमा ३८ हजार ५३१ मत खसेको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७४ शनिबार ००:००  १० : २९ बजे