१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

दाङ २ बाट कृष्णबहादुर महरा विजयी



२३ मंसिर, घोराही ।

दाङ प्रतिनिधिसभा क्षेत्रनम्बर २ बाट माओवादी केन्द्रका कृष्णबहादुर महरा विजयी भएका छन् ।

माओवादी नेता महराले कांग्रेस उम्मेदवार राजु खनाललाई १३ हजार ९२३ मतान्तरले हराएका हुन् ।

महराले ३९ हजार ९५९ मत पाएका छन् भने खनालले २६ हजार ३६ मत पाएका छन् ।

दाङ क्षेत्रनम्बर २ को प्रदेशसभामा पनि वाम गठबन्धनबाटै एमाले नेता शंकर पोखरेल र अमरबहादुर डाँगी विजयी भएका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७४ शनिबार ००:००  २ : २० बजे