१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

खोटाङमा वामपन्थी गठबन्धनको क्लिनस्वीप



२३ मंसिर, दिक्तेल । खोटाङको प्रदेश र प्रतिनिधिसभा तर्फका सबै सिट जित्दै वाम गठबन्धनले क्लिनस्वीप गरेको छ ।

खोटाङको प्रतिनिधिसभामा एमालेका बिशाल भट्टराई ३५ हजार ३७७ मत प्राप्त गरी बिजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसकी सरस्वती बजियमले २२ हजार ६१२ मत प्राप्त गरेकी छन् । बिशाल भट्टराई यसअघि खोटाङ क्षेत्र नम्बर १ बाट सांसद निर्वाचित भएका थिए ।

 

प्रदशेसभातर्फ पनि क्षेत्र नम्बर १ मा एमालेका राजन राई १८ हजार ९३३ मतका साथ बिजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका सुवास पोखरेलले १३ हजार ४११ मत प्राप्त गरेका छन् ।

प्रदेशसभातर्फ क्षेत्र नम्बर २ माओवादीका रामकुमार राई १८ हजार ३७२ मत प्राप्त गरि बिजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका बिष्णुकुमार राईले १२ हजार ७२३९ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७४ शनिबार ००:००  २ : ४२ बजे