७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

पर्सा १ को प्रदेशसभा ९क०मा फोरमका जन्नत निर्वाचित



२३ मंसिर, वीरगंज । पर्सा क्षेत्र नम्बर १ क प्रदेशसभा सदस्य पदमा मधेसवादी गठबन्धनका जन्नत अन्सारी विजयी भएका छन् । जन्नतको जीतसँगै पर्सामा मधेसवादी गठबन्धनले जीतको खाता खोलेको छ । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा०का संयुक्त उम्मेदवार अन्सारी १ हजार ३ सय २२ मतले आफ्नो निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामनारायण प्रसाद कुर्मीलाई पराजित गरेका छन् ।
अन्सारीले ८ हजार ५ सय ९३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामनारायण प्रसाद कुर्मीले ७ हजार १ सय ७१ मत ल्याएका छन् भने बाम गठबन्धनका रह्बर अन्सारीले ६ हजार ७ सय ९४ मत प्राप्त गरेका छन् ।

 

यसैबीच विगत मधेस आन्दोलनको केन्द्रबिन्दु वीरगंजमा मधेसी गठबन्धन र नेपाली काङ्ग्रेसका उम्मेदवारहरूको मतपरिणाम रोचक प्रतिस्पर्धात्मक देखिएको छ ।

पर्साका चार ओटै निर्वाचन क्षेत्रको मतगणना वीरगंजको श्रीपुर विद्यापिठ उच्चमावि परिसरमा भइरहेको छ । शनिबार साँझसम्मको मतपरिणामअनुसार पर्सा क्षेत्र नम्बर १ मा मधेसी गठबन्धनका प्रदीप यादवको ८ हजार ६ सय २५ मत छ । नेपाली काङ्ग्रेसका अनिलकुमार रुङ्गटा ६ हजार ६ सय २ मतसहित यादवलाई पछ्याइरहेका छन् । २ नम्बर क्षेत्रमा नेपाली काङ्ग्रेसका अजयकुमार द्विवेदी मधेसी गठबन्धनका विमल श्रीवास्तवभन्दा झिनो मतान्तरले अगाडि छन् ।

क्षेत्र नम्बर ३ मा मधेसी गठबन्धनका उम्मेदवार हरिनारायण रौनियारले अग्रता लिएका छन् । उनी ४ हजार ३ सय २७ मतसहित पहिलो स्थानमा छन् भने नेपाली कांग्रेसका सुरेन्द्र चौधरीले ३ हजार ६ सय २२ मतसहित रौनियारलाई पछ्याइरहेका छन् ।
क्षेत्र नम्बर ४ मा मधेसी गठबन्धनका लक्ष्मणलाल कर्ण ५ हजार २ सय ५६ मतसहित सबैभन्दा अगाडि छन् । काङ्ग्रेसका रमेश रिजाल २ हजार ९ सय ८६ मत लिएर दोस्रो स्थानबाट कर्णसित प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७४ शनिबार ००:००  २ : ४६ बजे