१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

समानुपातिकमा पनि एमाले पहिलो, कांग्रेस दोस्रो कमल थापाको राप्रपाभन्दा बाबुरामको नयाँशक्ति अगाडि



२४ मंसिर, काठमाडौं ।
पहिलो चरणमा निर्वाचन भएका हिमाली जिल्लामा समानुपातिकतर्फको मतगणना भइरहेको छ । करिब आधा दर्जन निर्वाचन क्षेत्रमा भइरहेको मतणनाको प्रारम्भिक नतिजा अनुसार एमालेले सबैभन्दा बढी मत पाएर पहिलो स्थान लिइरहेको छ भने कांग्रेसले एमालेलाई पछ्याइरहेको छ ।
प्रत्यक्षतर्फ कांग्रेसभन्दा अगाडि रहेको माओवादी समानुपातिकमा भने तेस्रो स्थानमा छ । मधेसका जिल्लामा समानुपातिकको मतगणना भएकाले राजपा र फोरमको खासै मत खसेको छैन । तथापि पहाडमा समेत राजपाले राम्रो मत ल्याएको छ ।
कांग्रेस, एमाले र माओवादी बाहेक समानुपातिकमा चौथो स्थानको मत नयाँशक्ति पार्टीले ल्याएको छ । नयाँशक्तिले भन्दा विवेकशीलले न्यून मत पाइरहेको निर्वाचन आयोगको तथ्यांकमा देखिन्छ ।

प्रकाशित मिति : २४ मंसिर २०७४ आइतबार ००:००  ५ : १४ बजे