१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

काठमाडौं ५ मा एमाले महासचिव पोखरेल निर्वा्चित



२४ मंसिर, काठमाडौं ।
काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल निर्वा्चित भएका छन् ।
पोखरेलले २३ हजार २९ मत प्राप्त गरी बिजयी हुँदा नेपाली कांग्रेसका डा.प्रकाशशरण महतले १३ हजार १६९ मत प्राप्त गरेका छन् ।
यसअघि ०६४ र ०७० का दुवै संविधानसभा चुनावमा कांग्रेसका नरहरी आचार्यसँग पराजय भोगेका पोखरेलको यो तेस्रो प्रयासको सफलता हो । पोखरेल ०५६ मा सोही क्षेत्रबाट निर्वा्चित भएका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०७४ आइतबार ००:००  ५ : १६ बजे