१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

कांग्रेस नेता रमेश लेखक २५८ मतान्तरले पराजित, एमालेका दीपक भट्ट बने सांसद



 

२६ मंसिर, कञ्चनपुर । कञ्चनपुर क्षेत्रनम्बर ३ मा कांग्रेस नेता रमेश लेखकलाई २५८ मतले पछि पार्दै एमाले उम्मेदवार डा।दीपक प्रकाश भट्ट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ ।

भट्टले २६ हजार ३६४ मत ल्याउँदै निर्वाचित हुन भएको होु । उहाको निकटतम प्रतिस्पर्धी एवम् पूर्वमन्त्री लेखकले २० हजार १०६ मत पाउनु भयो ।

तेस्रो स्थानमा विवेकशील साझा पार्टीका दिपेन्द्र कार्की हुनुहुन्छ र उहाको मत ३०३ छ ।

प्रदेशसभा तर्फ एमाले र माओवादीले एक(एक सिट जितेका छन् । क्षेत्रनम्बर ३ कमा एमाले उम्मेदवार प्रकाश रावल १२ हजार ८१७ मतसहित प्रदेशसभामा निर्वाचित हुनु भएको छ । उहाको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका यज्ञराज जोशीले १२ हजार ७५४ मत पाउनु भयो ।

क्षेत्रनम्बर ३ खमा माओवादी केन्द्रका मानबहादुर सुनार १३ हजार ७ सय मतसहित निर्वाचित भएका हुनुभयो । उहाको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बेलबहादुर रानामगरले १३ हजार ५३९ मत पाउनु भयो ।

कञ्चनपुरका प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्रमध्ये दुईवटामा एमाले र एउटामा माओवादी केन्द्र विजयी भएका छन् । क्षेत्रनम्बर १ मा विना मगर निर्वाचित हुनुभयो । यसैगरी क्षेत्रनम्बर २ मा नरबहादुर धामी र ३ मा दीपक प्रकाश भट्ट विजयी हुनुहभयो ।

 

प्रकाशित मिति : २६ मंसिर २०७४ मंगलबार ००:००  २ : ०३ बजे