१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नवौँ कपिलवस्तु महोत्सवमा दर्शकहरुको घुइँचो



कपिलवस्तु, २७ मंसिर ।
“एक्काइसौं शताब्दीको आवश्यकता, युवा उद्यमशिलता ” नवौं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७४ को चौथो दिन मङ्गलबार पनि दर्शकहरुको उत्साहजनक उपस्थिती रहेको थियो ।
४ दिन सम्म चलेको महोत्सवमा करिब ४५ हजार दर्शकले मेला अवलोकन गरेको र १ करोड १५ लाखको आर्थिक कारोवार भएको महोत्सवका निर्देशक दिनेश क्षेत्रीले जानकारी दिनु भयो ।
बुधबार पप गायक नविन के भट्राई र लोकदोहोरी गायक मिलन लामाको बेजोड प्रस्तुती रहने आयोजकले बताएको छ । मङ्गलबार हास्य कलाकार राजा राजेन्द्र र द एक्स ब्यान्डको बेजोड प्रस्तुतीले दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन प्रदान गरेको संस्कृति तथा मनोरञ्जन संयोजक राजन आलेले जानकारी दिनु भयो ।
महोत्सवमा मुख्य आर्कषको रुपमा भुकम्पले ध्वस्त पारेको धरोहराको झल्को दिने गरि नमुना धरहरा राखिएको छ । उक्त धरोहरा हेर्नका लागि दर्शकहरुको भिड लाग्ने गरेको महोत्सवका संयोजक राजकुमार खाँणले बताउनुभयो ।
वाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा भगवान गौतम वुद्धको गृह जिल्ला बाणगंगा नगरपालिका स्थित वुद्ध रंगशाला ४ नं जितपुरमा शुरु भएको महोत्सव पौष ५ गते सम्म चल्ने छ । महोत्सवको मुख्य प्रायोजक गोर्खा बु्रअरी प्रा.ली. र सह प्रायोजकमा आइएमई रेमिट पानी पोखरी काठमाण्डौ रहेको छ ।
युवा उद्यमशीलता तथा व्यवसायिक क्षेत्रको प्रवद्र्धनको लागि उद्यमी तथा व्यवसायीहरुलाई प्रोत्साहन गर्नु, लघु, ममmौला तथा ठुला उद्योगहरु तथा उद्यमीहरुको प्रचार प्रसार तथा उत्पादकहरुको प्रोत्साहन गर्नु महोत्सवको उद्देश्य रहेको छ ।
जिल्लालाई आकर्षक पर्यटकिय गन्तव्य स्थलको रुपमा विकास गर्न यहाँका ऐतिहासिक , पुरातात्विक तथा पर्यटकिय स्थलहरुको प्रचार प्रसार गर्दै आन्तरिक र वाहृय पर्यटनमा सहयोग पुर्याउने आयोजनकले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७४ बुधबार ००:००  २ : ४० बजे