जितपुर । मंसिर १८ गतेदेखि जारी १६ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी स्थल चारनम्बर जितपुर स्थित बुद्ध रंगशाला आइतबार साँझ दर्शकको भीडले गुन्जियो । महोत्सवमा बढ्दै गएको दर्शकको उत्साहले हामीलाई अझ जिम्मेवार बनाएको महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा ९दिनेश०ले बताए । बुद्ध रंगशालामा महोत्सव अवलोकन गर्न आएका दर्शकहरुको भीडबाट व्यवसायीहरु उत्साहित भएका थिए । बुद्धरंगालामा रहेका स्टलहरु, होटेलहरु र बाल उद्यानमा चहलपहल बढेको छ ।
महोत्सवमा २८ गते आइतबार दर्शकका लागि विशेष सांगीतिक कार्यक्रमहरु सम्पन्न भए । जसमा चर्चित राष्ट्रिय आधुनिक गायक राजनराज शिवाकोटीको सुमधुर स्वरमा आधुनिक गीत–संगीतको स्वाद दर्शर्कले लिँदै रमाएका थिए। साथै, चर्चित राष्ट्रिय लोकदोहोरी गायिका भूमिका गिरी र लोकप्रिय लोकदोहोरी गायक मिसन मगरका चर्चित गीतहरूमा बुद्धरंगशालामा दर्शकहरु झुमेका थिए ।
आइतबार १४ औं कपिलवस्तु डान्स आइडल अन्तर्गतका उत्कृष्ट प्रस्तुति रहेका थिए । त्यसैगरी, स्थानीय कलाकारहरूले पनि आफ्ना मौलिक कला र संस्कृतिलाई झल्काउने बेजोड प्रस्तुति दिँदै महोत्सवलाई थप रंगीन बनाएका थिए ।
यसैबीच मंसिर २९ गते आज सोमबार महोत्सवमा चर्चित आधुनिक गायक शिव परियार, चर्चित थारु गायिका तथा मोडेल अञ्जु कुस्मी, लोकदोहोरी गायिका कोपिला न्यौपाने, डान्सर तथा मोडेल करिस्मा शाही, बासन एन्ड द क्रुज, १४ औं कपिलवस्तु महोत्सव, मम्मी डान्स, लगायतका महत्वपूर्ण कार्यक्रमहरु हुने महोत्सव मूल समारोह समितिका संयोजक राजकुमार खाँणले जानकारी दिए ।
कपिलवस्तु जिल्लाको बाणगंगाको बुद्धरंगालामा हुने महोत्सवलाई विशेष रुपमा लिइने गरिन्छ । महोत्सवको समापन पुष १ गते भव्य विशेष कार्यक्रमकाबीच हुने बाणगंगा वेयलफेयर सोसाइटीले जनाएको छ ।







प्रतिक्रिया