१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

हिमाली जिल्लामा हिमपात, काठमाडौंमा यो वर्षकै कम तापक्रम



काठमाडौं, २७ मंसिर ।
काठमाडौंमा बुधबार बिहान यो वर्षकै कम तापक्रम मापन गरिएको छ । मौसम पूर्वानुमान शाखाका अनुसार बिहान काठमाडौंको तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो ।
गएको १८ गते सोमबार न्यूनतम तापक्रम ५ दशमलव ८ डिग्री सेल्सियसमा झरेको काठमाडौंको न्यूनतम तापक्रम त्यसपछि बढेर ९ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेको थियो । पश्चिमी वायुको प्रभावले बुधबार पश्चिमको मौसम आशिंक बदली भए पनि अरु ठाउँको मौसम सफा हुने मौसमविदले अनुमान गरेका छन् । यसकै प्रभावले हिमाली जिल्लामा हिमपात भइरहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७४ बुधबार ००:००  ३ : १२ बजे