२७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025

पत्रकार डुम्रेको रिहाइ माग



काठमाडौँ, २९ मंसिर ।
नेपाल पत्रकार महासंघले रुपन्देही कार्यसमिति सदस्य प्रकाश डुम्रेलाई विनाशर्त रिहा गर्न सरकारसंँग माग गरेको छ । महासंघका महासचिव रमेश विष्टले विहिबार विज्ञप्ति जारी गर्दै डुम्रेमाथि लगाइएका ‘झुटा मुद्दा’ खारेज गरी अविलम्ब रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारसँग माग गर्नुभएको छ ।
प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको एकल इजलासले तीन दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरे पनि ‘सरकारले अदालतको अवहेलना गर्दै पत्रकार डुम्रेलाई थप झुट्टा मुद्दा लगाउनुले प्रेस स्वतन्त्रताको उल्लंघन भएको’ महासंघले ठहर गरेको छ ।
गत मंसिर ५ गते रुपन्देहीस्थित ‘गर्जन पोष्ट’ साप्ताहिकको कार्यालयबाट पक्राउ परेका डुम्रेलाई रिहा गर्न महासंघले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेको थियो । (रासस)

प्रकाशित मिति : २९ मंसिर २०७४ शुक्रबार ००:००  १ : ४७ बजे