१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बुटवलमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु



बुटवल, २ पुस ।
बुटवलको हस्पिटल लाइनमा ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा सञ्चारकर्मी समेत रहेका दलबहादुर भण्डारी रहेका छन् ।
ना ७ ख ६७२५ नम्बरको ट्रिपरले भण्डारी सवार लु ३१ प १४५० नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको जेनस हस्पिटलमा उपचारको क्रममा ज्यान गएको हो । उनी स्थानीय नयाँ दिशा साप्ताहिकका बजार व्यवस्थापक थिए । ट्रिपर प्रहरीको नियन्त्रणमा छ भने चालक फरार छन् ।

प्रकाशित मिति : २ पुस २०७४ आइतबार ००:००  २ : ०० बजे